एनटिटिभी सेवा सुरु गर्दै नेपाल टेलिकम, कसरी लीन सकिन्छ सेवा ? « Arthapath.com
१५ पुष २०७७, बुधबार

एनटिटिभी सेवा सुरु गर्दै नेपाल टेलिकम, कसरी लीन सकिन्छ सेवा ?



काठमाडौं । नेपाल टेलिकमले एनटिटिभी सेवा सुरु गर्ने भएको छ । नेपाल टेलिकमलेपुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको जानकारी दिएको छ । अहिले टेलिकमले भ्वाइस कल सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न भएको हो ।

उक्त सेवा सुरुमा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट अप बक्स खरिद गर्नुपर्नेछ । एनटि टिभी सेवा सुचारु गरेपछि विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्