गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नवनियुक्त सीईओ श्रेष्ठद्धारा पदभार ग्रहण « Arthapath.com
४ माघ २०७७, आईतवार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नवनियुक्त सीईओ श्रेष्ठद्धारा पदभार ग्रहण



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको नवनियुक्त सीईओ श्रेष्ठले गरे पदभार ग्रहण गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरी गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको नवनियुत्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) र कम्पनी सचिव राजेशकुमार श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ तथा कम्पनी सचिव पदमा पनि नियुक्त गरेको थियो । श्रेष्ठको बैंकिङ क्षेत्रमा २५ वर्षको कार्य अनुभव र बीमा क्षेत्रा ८ वर्ष अनुभव छ । नेपाल बैंकमा१७ वर्ष काम गरेका श्रेष्ठले ३ वर्ष एनसीसी बैंक र ५ वर्षसम्म महालक्ष्मी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत बनेर ८ वर्ष काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्