कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री खुल्ला, व्याजदर कति ? « Arthapath.com
१४ माघ २०७७, बुधबार

कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री खुल्ला, व्याजदर कति ?



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गते बिहीबारबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

माघ २२ गते बिहीबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो । निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्ने छ ।

6010d2659fc3f.jpg


प्रतिक्रिया दिनुहोस्