साताको अन्तिम दिन नेप्सेमा राताम्य, ४५ अंकले घट्दा कुनै पनि समूहमा देखिएन हरियो « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

साताको अन्तिम दिन नेप्सेमा राताम्य, ४५ अंकले घट्दा कुनै पनि समूहमा देखिएन हरियो



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टकएक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुबै घटेको छ ।

अन्तिम दिन बिहीबार ४४.९४ अंकले घटेर २५५४.१३ अंकमा बन्द भएको छ । बिहीबार दिनभरि २०६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १७१ सेयर कित्ता ८३ हजार ४०७ पटक किनबेच हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । दैनिक ८ अर्बभन्दा बढीको कारोबार हुँदै आएकोमा बिहीबार भने तल झरेको हो । बिहीबार सेन्सेटिभ इण्डेक्स ८.५३ अंक घटेर ४६१.८१ विन्दुमा झरेको छ ।

बुधबार १३.०४ अंक बढेर २५९९.५६ अंकमा बन्द भएको नेप्सेमा ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएके थियो ।


प्रतिक्रिया दिनुहोस्