निरन्तर ५ दिन ओरालो लागेको सुनको मूल्य सोमबार बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

निरन्तर ५ दिन ओरालो लागेको सुनको मूल्य सोमबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार छापावाल सुनका मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ८८ हजार ४ सय रुपैयाँले बढेको छ । त्यस्तै, तोजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ३९ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्