राष्ट्रियसभा सदस्य पाण्डेले सपथ लिए « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

राष्ट्रियसभा सदस्य पाण्डेले सपथ लिए



काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ दिएका हुन ।

नेपाली कांग्रेसका पाण्डे लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको चुनावमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजीत गदै विजयी भएका थिए ।

कांग्रेससहितको विपक्षी गठबन्धनका साझा उम्मेदवार बनेका पाण्डेले एमालेका खड्कालाई ५ सय २८ मतअन्तरले पराजीत गरेका थिए ।
विजयी पाण्डेले ४ हजार १ सय ४० मतभार प्राप्त गरेका थिए भने खड्काले ३ हजार ६ सय १२ मतभार पाएका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्