शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नारायणी डेभलपमेन्ट बैंक धितोपत्र बोर्ड पुग्यो « Arthapath.com
६ असार २०७८, आईतवार

शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नारायणी डेभलपमेन्ट बैंक धितोपत्र बोर्ड पुग्यो



काठमाडौं । शत प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै नारायणी डेभलपमेन्ट बैंक धितोपत्र बोर्डमा पुगेको छ । नारायाणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

नारायाणी बैंकले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै अषाढ ४ गते बोर्डमा आवेदन दिएको हो । नारायणी डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको कूल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नारायणी डेभलपमेन्ट बैंकले १ः२ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति माग्दै नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागी आवेदन दिएको थियो । तर राष्ट्र बैंकले १०० प्रतिशत कटौती गर्दै १ः१ अनुपातमा मात्रै हकप्रद निष्कासन अनुमति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्