अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च : गर्भनर अधिकारी « Arthapath.com
७ असार २०७८, सोमबार

अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च : गर्भनर अधिकारी



काठमाडौं । साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा उच्च धेरै महत्वपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो र्– संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत नै देख्छौँ भने अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहन्छ ।

त्यही हिसाबले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ । गत सालको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको छ ।योभन्दा अगाडि साना उद्योगीले पुनकर्जा लिएको इतिहास नै छैन । गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि हो हाम्रो नयाँ पोलीसीको जस्तो लाग्छ ।

पुनकर्जा भनेको नेपाल राष्ट्र बैंकले नै सबै फाइनान्सिङ गर्ने होइन, अहिले हाम्रो टोटल लोनको आकार ४१ खर्ब पुगेको छ । जम्मा क ख ग वर्गका बैंक तथा वित्तीय संस्था रहेका छन् । ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने भन्ने हुँदैन राष्ट्र बैंकका आफ्नै सीमा छन् । हाम्रो प्रयास भनेको धेरैभन्दा धेरै क्रृणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ । उहाँहरु बीचबीचमा आएका उतारचढावको कारणले आफै एउटा स्टेजमा पुगसकेको व्यवसायबाट फेरी भासिन पुग्ने, हराउनुपर्ने स्थिति नआओस् । त्यहाँ कसरी नीतिगत हिसाबले हामीले कसरी सघाउन सकिन्छ भनेर गरेको राष्ट्र बैंकले गरेको एउटा इमानदार प्रयास थियो ।

यसमा खासगरी व्यवहार र प्रक्रियामा साेंचेजस्तो भएन बैंकहरुले अलिकति व्यवसायमिैत्री व्यवहार गरेनन् भन्ने कुरा हामीलाई बीचबीचमा बारम्बार नआएको होइन त्यसभित्र कैयौँ व्यवहारीक समस्याहरु हामीले पनि महसुस गरेका हौँ । यस्ता कुरालाई क मगर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको छ ।महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो ।

साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उहाँले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताउनुभयो ।केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उहाँले भन्नुभयो र्– कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनकर्जाको लागि जाँदा तपाइहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई सा¥है पीडित बनाएको छ ।’
र्
राष्ट बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लागु गर्ने सन्दर्भमा भावनात्मक हुन नसकेको, संवेदनशील हुन नसकेको हामीले बुझेका छौं ।’ उहाँले भन्नुभयो ।महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले भन्नुभयो र्– अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागु गर्न सकेनन । उहाँहरुका पनि वाध्यता थिए होलान । ती वाध्यताका बीच पनि हाम्रो अर्थतन्त्र उकास्नुपर्ने सन्दर्भमा महिला उद्यमीलाई उपेक्षा ग¥यौं भने अर्थतन्त्रले गति लिंदैन ।’

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतको सहभागिता रहेको थियो ।राष्ट्र बैंकका तर्फबाट पनि डेपुटी गर्भनरद्घय बमबहादुर मिश्र, डा. निलम तिमिल्सिना, प्रवक्ता देवकुमार ढकाललगायत विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्