अपि पावरको हकप्रदमा आवेदन दिने समय १३ गतेसम्म थप भयो « Arthapath.com
९ असार २०७८, बुधबार

अपि पावरको हकप्रदमा आवेदन दिने समय १३ गतेसम्म थप भयो



काठमाडौं । अपि पावर कम्पनी लिमिटेले हकप्रदमा आवेदन दिने समय थप भएको छ । कम्पनिले जेठ २० गतेदेखि निष्काशन गरेको हकप्रदमा समय थप भएसैगै असार १३ गतेसम्म आवेदन दिन सकिने छ ।


कम्पनिले १ सय रुपैयाँ अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।
कम्पनिको हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयरबाट पनि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।


हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्