लोकसेवा सहित ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त « Arthapath.com
१० असार २०७८, बिहीबार

लोकसेवा सहित ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका ११ संवैधानिक निकायकामा २० जना पदाधिकारी नियुक्ति गरेकी छन् । संवैधानिक परिषदकाे शिफारिसमा राष्ट्रपतिले बिहीबार एकसाथ ठूलाे संख्यामा संवैधानिक पदाधिकारी नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् । त्यसैगरी लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यहरूमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका छन् ।

सगुनशम्शेर जबर निर्वाचन आयोगको सदस्यमा नियुक्त भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला र राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे, सावित्राकुमारी शर्मा एवम् सुन्दर पुर्कोटी नियुक्त भएका छन् ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना सदस्यहरूमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त भएका छन् । आदिवासी जनजाति आयोगको सदस्यमा सूर्यबहादुर गुरुङ र मधेसी आयोगमा आभा कुमारी नियुक्त भएका छन् ।

थारु आयोगको सदस्या उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त भएका छन् । मुस्लिम आयोगको सदस्यमा भने मोहम्मद समशुल हक नियुक्त भएको राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सरकारले गरेका निर्णयहरू सर्वोच्च अदालतले क्रमशः बदर गदै आएको बेला राष्ट्रपतिले संवैधानिक पदमा नियुक्ति दिएकी हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्