सामाजिक सुरक्षा कोष विरुद्ध बैंक कर्मचारी, कलम समात्ने हातले ईट्टा समात्ने चेतावनी (भिडियोसहित) « Arthapath.com
१६ असार २०७८, बुधबार

सामाजिक सुरक्षा कोष विरुद्ध बैंक कर्मचारी, कलम समात्ने हातले ईट्टा समात्ने चेतावनी (भिडियोसहित)



काठमाडौं । असार महिना बैंकहरुलाई असाध्यै चटारो महिना हो । त्यसमा पनि असारको आधा महिना कटेपछि बैंकका कर्मचारी दिनरात नभनी बैंकको रिकभरीमा खट्छन । तर तिनै बैंकका कर्मचारीहरु अहिले बैंकको कामनै छाडेर आन्दोलनमा उत्रिएका छन ।

माजिक सुरक्षा कोषमा जान सरकारले बाध्याकारी बनाएको भन्दै देशभर रहेका बैंकका कर्मचारी आन्दोलित बनेका छन । असार १५ गतेपछि बैंकका कर्मचारीहरु दिनहु आदोलनमा उत्रिएका छन ।

१ महिनादेखी सरकारले निजी बैंक तथा वित्तिय संस्थालाई अनिवार्य कोषमा आवद्ध हुन गरेको आग्रहलाई इन्कार गर्दै आन्दोलनमा उत्रिएका हुन । बैंक कर्मचारी अहिले बैंकको कमानै छोडेको कालो व्यानर लिएर आन्दोलनमा उत्रिन थालेका छन ।

सरकारले सामाजिक सुरक्षा कोषमा जान दिएको दवाव विरुद्ध भित्रभित्रै आन्दोलन गरिरहेका बैंक कर्मचारीले आफ्ना माग पुरा नभए अझै चर्काउने बताएका छन । सरकार विरुद्ध ईट्टा समात्नु परेको बैंकका कर्मचारीले बताएका छन् ।

बुधबार सामाजिक कोषका विरुद्द गरेको आन्दोलनमा बोल्दै माछापुच्छ्रे बैंक कर्मचारी संघका अध्यक्ष तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकाश श्रेष्ठले कलम समात्नु पर्ने हातले ईट्टा समात्नु परेको अवस्था आएको बताए । उनले भने, “सामाजिक सुरक्षा कोषको असामाजिक तत्वले गर्दाखेरी हामी आज कलम समात्ने हातले अहिले ईट्टा समात्नु परेको अवस्था आएको छ, । हामीलाई गाह्रो अवस्था आएको छ, किनभने यो एउटा शान्ति र अत्यावश्यक क्षेत्र भनेर घोषणा गरेको छ, हाम्रो खाईपाई आएको सुविधा गुम्ने गरेर ल्याएको योजना विरुद्द आन्दोलन शुरुवात गरिएको हो ।”

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । आफूले कमाएको सम्पत्तिमा आँखा लगाउन खाजेको कर्मचारीहरुले आरोप लगाएका छन् । उनीहरुले भनेका छन्, आफूले खाइपाई आएको सुविधामा अरुले आँखा लगाउँछन् भने जुनसुकै कदम पनि चाल्न तयार रहेको चेतावनी दिए ।

बैंकका कर्मचारीहरुले बैंकमा पाएको भन्दा निम्न सुविधा भएकाले त्यसको विरोध गरेको उनीहरु बताउँछन् । तामझामका साथ शुरुवात गरेको सामाजिक सुरक्षा कोषले राम्रै्र सुविधा दिने आशा गरेको भएपनि ठ्याक्कै उल्टोगरि योजना आउँदा र जवरजस्ति समावेश गर्न खोजेकाले आफूहरु आन्दोलनमा आएको अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि नै २९ वटा बैंक तथा वित्तीय संस्था कर्मचारी युनियनहरुले संयुक्त विज्ञप्तीमार्फत् विरोध जनाएर आन्दोलन गर्ने चेतावनी दिएका थिए । मंगलबारदेखि शुरु भएको आन्दोलन बुधबार अधिकांश बैंकका कर्मचारीहरुले देशभरिका शाखामा कालो ब्यानर टाँगेर सामाजिक सुरक्षा कोषको विरोध गरेका हुन् ।

देशभरिका बैंकका विभिन्न शाखामा कालो ब्यानर टाँस्ने काम भएको तर बैंकको सेवा बन्द नगरिएको उनीहरुले बताएका छन् । सामाजिक सुरक्षा कोषले असार मसान्तभित्रै सबै बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुने निर्देशन दिएपछि कर्मचारी युनियनहरु विरोधमा उत्रिएका हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्