नागरिक लगानी कोषले जेठ मसान्तसम्म १ खर्व ७२ अर्व रुपैयाँ संकलन गर्यो, खुद नाफा ६१ करोड ९६ लाख रुपैयाँ आर्जन « Arthapath.com
२० असार २०७८, आईतवार

नागरिक लगानी कोषले जेठ मसान्तसम्म १ खर्व ७२ अर्व रुपैयाँ संकलन गर्यो, खुद नाफा ६१ करोड ९६ लाख रुपैयाँ आर्जन



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म १ खर्व ७२ अर्व रुपैयाँ रकम संकलन गरेको छ भने १ खर्व ७१ अर्व ९७ करोड रुपैयाँ लगानी गरेको छ । चालु आर्थिक बर्षमा कोषको पूँजी बृद्धि भई कारोबारमा समेत बृद्धि भएको कोषले जनाएको छ ।

कोषले विगत देखि संचालन गर्दै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवाहरु समेत निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताएको छ । लगानी कोषका अनुसार आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ आर्जन गरेको कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले जानकारी दिए ।

खुद मुनाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको छ । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार १२ करोड ३९ लाख ३४ हजार रुपैयाँ साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

यस बर्षमा कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिएको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको कार्यकारी निर्देशक रमण नेपालले बताए ।

नेपालका अनुसार कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रमहरुमा NLK Web Based Software पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको CGAS सफ्टवेयरमा Data आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७६७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांस पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्