बीमा समितिले ल्यायो नयाँ सर्भर र सफ्टवेयर, समिति र कम्पनि एउटै सफ्टवेयरमा जोडिन मिल्ने « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

बीमा समितिले ल्यायो नयाँ सर्भर र सफ्टवेयर, समिति र कम्पनि एउटै सफ्टवेयरमा जोडिन मिल्ने



काठमाडौं । बीमा समितिले नयाँ सर्भर र नयाँ सफ्टवेयर ल्यायको छ । आज बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरेका हुन् ।

उक्त सफ्टवेयर कार्यन्यनमा आएसंगै बीमा समिति र कम्पनि एउटै सफ्टवेयरमा जोडिन मिल्ने छ । बीमा कम्पनीहरुले कानुन बमोजिम उपलब्ध गराउनु पर्ने विवरण सफ्टवेयरमा राख्न मिल्ने छ । यसबाट सहि र यथार्थ परक तथ्याङ्क पाउने बीमा समितिले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष सिलवालले सूचना तथा प्रविधिको बदलिदो समयमा बीमा समिति आफै पनि बदलिनु पर्ने भएकाले नयाँ सर्भर र सफ्टवेयर ल्याएको बताए । सफ्टवेयरले उपलब्ध गराउने तथ्याङकले बीमा समितिलाई पोलिसी बनाउन नीति निर्देशन गर्न पनि सजिलो हुने बताएका छन ।

उक्त सफ्टवेयर मार्फत कानुन सम्बन्धी, उजुरी सम्बन्धी, नियमन सम्बन्धी, नीति विश्लेषण सम्बन्धी, परिपालन सम्बन्धी साथै दाबी तथा सम्पन्ती शुद्धिकरण सम्बन्धी विवरणहरु प्राप्त गर्न सकिन्छ । साथै बीमालेख तथा बीमाङ्की सम्बन्धी, अण्डरराइटिङ सम्बन्धी, वित्तीय लेखापरिक्षण सम्बन्धी, सूचना प्रविधि सम्बन्धी विवरणहरु पहेर्न मिल्ने समितिले जनाएको छ ।

उक्त सफ्टवेयर आजैबाट कार्यन्यनमा आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्