सामाजिक सुरक्षा कोष विरुद्द परेको रिट हेर्दा हेर्दैमा, ७ गतेलाई पेशी तोकियो « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

सामाजिक सुरक्षा कोष विरुद्द परेको रिट हेर्दा हेर्दैमा, ७ गतेलाई पेशी तोकियो



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्द सर्वाेच्च अदालतमा परेको मुद्दा हेदाहेर्दैमा राखिएको छ । सर्वाेच्च अदालतले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेर बिहीबार (साउन ७ गते) का लागी पेशी तोकेको हो ।

सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर भएको मुद्दा आज बहस भएको हो तर दुवै पक्षको बहस नसकिएपछि पेशी तोक्दै बिहीबार अन्तरिम आवेदश दिने विश्वास ब्यक्त गरेका छन् । अन्तरिम आदेश दिने कि नदिने विषयमा दुवै पक्षबीच छलफल चलेको थियो । तर बहस नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो ।

यसअघि असार ३१ गते ३१ मा मुद्दाको पेशी तोकिएपनि हेर्न नभ्याईने भन्दै स्थगित भएको थियो । सोहि मुद्दामा आज बहस भएको हो । आज न्यायधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठको संयुक्त इजलाशमा यस बारे बहस भएको हो ।

कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्