लघुवित्त बैंकर्स संघको अध्यक्षमा शर्मा र उपाध्यक्षमा बोहरा चयन « Arthapath.com
६ कार्तिक २०७८, शनिबार

लघुवित्त बैंकर्स संघको अध्यक्षमा शर्मा र उपाध्यक्षमा बोहरा चयन



काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । हिजो शुक्रबार सम्पन्न भएको १५ साधारण सभाले लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत सिईओ समेत रहेका शर्मा निर्विरोध अध्यक्षमा चयन भएका हुन । उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन भएको छ ।

उपाध्यक्षमा धौलागिरि लघुवित्तका सीईओ मिन बहादुर बोहरा महासचिवमा नेशल माइक्रोफाइनान्सका सिईओ राम बहादुर यादव, कोषाध्यक्षमा उन्नति माइक्रोफाइनान्सको सीईओ प्रेम बहादुर पाठक र सचिवमा सबैको लघुवित्तको सीईओ केशव कुमार पौडेल निर्विरोध चयन भएका हुन ।

त्यसैगरी सदस्यहरुमा जाल्पा सामुदायिक लघुवित्तकी सिईओ बिमला योगी, सिभिल लघुवित्तका सिईओ विनोद आचार्य, जनउत्थान सामुदायिक लघुवित्तका सीईओ श्रीराम पोखरेल, आशा लघुवित्तका सिईओ बद्री प्रसाद दुलाल, इन्फिनिटी लघुवित्तका प्रविण कुमार लामा र महुली लघुवित्तका सीईओ गंगाधर पाण्डे निर्विरोध चयन भएका छन ।

लघुवित्त बैंकर्स संघ लघुवित्त वित्तीय सँस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओहरु) को छाता संगठन हो । यसअघि संघको अध्यक्षमा विजय लघुवित्तका सीईओ बसन्त कुमार लम्साल रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्