फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । फाइनान्सको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

लघुवित्तले मंसिर १६ गते हुने १२ औं साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते आइतबार बुकक्लोज मिति तोकेको छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीरुहरुले लघुवित्तको १०.५३ प्रतिशत लाभांश पाउने छन् ।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ७ करोड ६ लाख ११ हजार २ सयको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्तावलाई पारीत गर्ने छ ।

लघुवित्तले मंसिर १६ गते बिहीबार १२ औं साधारण सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाण्डौंमा बिहान ११ बजबाट सुरु गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्