निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ बन्न १३ जनाले दिए आवेदन « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ बन्न १३ जनाले दिए आवेदन



काडमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा १३ जनाले आवेदन दिएका छन् । कोषले सिईओ पदको लागि मंसिर १ गतेसम्म आवेदन माग गरेको थियो ।

कोषको सिईओको लागि कोषका वहालवाला संचालक उपेन्द्र कुमार पौडेल र निर्वतमान सीइओ विष्णुबाबु मिक्ष, एनसेलमा कार्यरत रमेश घिमिरे, यम प्रसाद तिवारी, वासुदेव दाहाल, दिल बहादुर काफ्लेले आवेदन दिएका छन् ।

त्यसैगरी मुक्तिबहादुर खत्री, प्रदिप भट्टराई कृषि विकास बैंकमा कार्यरत डा. सुरेश टण्डन, गोविन्द प्रसाद दाहाल, रमा नेपाल, कोषका संचालक रहेका उपेन्द्र कुमार पौडेल, धरणीधर अधिकारी, मेघेन्द्र प्रकाश गिरीले समेत आवेदन दिएका छन ।

उक्त कम्पनिको सिईओमा आवेदन दिन हिजै मिति सकेको छ ।


प्रतिक्रिया दिनुहोस्