सञ्चय कोषले जग्गा खरिद गर्न सापटी दिने « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

सञ्चय कोषले जग्गा खरिद गर्न सापटी दिने



काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्न सापटी दिने भएको छ । कर्मचारी सञ्चय कोषको ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएपछि सञ्चकर्चाले जग्गा खरिद गर्न सापटी पाउने कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले जानकारी दिए ।

सञ्चयकर्तालाई कोषले जग्गा खरिद गर्न ५० लाख रुपैयाँ सापटि दिने भएको हो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिादै आएको छ ।

त्यस्तै, कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी पाउने भएका छन् । उक्त सापटिको ब्याज दर ७.९० प्रतिशत तोकिएको छ । सापटीका लागि खरिद गरिने जग्गा भने धितो राख्नुपर्ने छ ।

उक्त कार्यविधि देशका मुख्य सहरमा लागू गरिने कोषले जनाएको छ । कोषको धनगढी शाखाको कार्यक्षेत्र अन्तर्गत कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा सापटी प्रवाह गरिने धनगढी शाखाका प्रमुख केसीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्