नेपाल टेलिकममा २७० जना कर्मचारी आवश्यकः एसईई पास समेतले आवेदन दिन पाउने « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

नेपाल टेलिकममा २७० जना कर्मचारी आवश्यकः एसईई पास समेतले आवेदन दिन पाउने



काठमाडौँ । नेपाल टेलिकमले कर्मचारी मागेको छ । शुक्रवार एक सूचना जारी गदै टेलिकमले उप प्रबन्धक देखि जुनियर टेक्निसीयनसम्म विभिन्न पदको लागि २ सय ७० जना सङ्ख्यामा कर्मचारी माग गरेको छ । 

टेलिकमले उप प्रबन्धक पदमा ३, उप प्रबन्धक लेखामा १, उप प्रबन्धक प्रशासनमा १, वरिष्ठ इन्जिनियरमा २, वरिष्ठ लेखा अधिकृत १, वरिष्ठ लेखा अधिकृत (चार्टर्ड एकाउन्टेन) ३, वरिष्ठ प्रशासकीय अधिकृत २, जना कर्मचारी माग गरेको हो ।

वरिष्ठ व्यापार अधिकृत १, टेलिकम इन्जिनियरको लागि विभिन्नको लागि ९९, सहायक लेखा अधिकृत १३,  सहायक प्रशसकिय अधिकृत कानुनको लागि २, सहायक प्रशासकीय अधिकृत ११, सहायक व्यापार अधिकृत ११, ओभरसियर १५, टेक्निसीयन ५३ जना सहायक २८ र जुनियर टेक्निसीयन २३ जना गरी २७० जना कर्मचारी माग गरेको छ ।

खुला तथा समावेशी, आन्तरिक प्रतियोगितामक परिक्षाबाट २ सय ७० जना कर्मचारी पदपूर्ति गर्ने टेलिकमले जनाएको छ । इच्छुक योग्यता पुगेका आवेदकले आवश्यक कागजात सहित टेलिकमको वेबसाइट www.ntc.net.np  वा recruit.ntc.net.np  मा गएर अनलाइनबाट आज देखि मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्नेछन्  । भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सक्ने टेलिकमले जानकारी दिएको छ ।

अनलाईन आवेदन दिएपछि आवेदकले अधिकृत स्तर तह ८ र ९ को लागि ८ सय, अधिकृत स्तर तह ६ र ७ को लागि ७ सय र प्रत्येक समावेशी समूहका लागि आवेदन दिनेले थप २ सय रुपैयाँ लाग्ने छ । त्यसै गरी सहायक स्तर तह ५ र ४ को लागि ५ सय, सहायक  तह ३ का लागि ३ सय र समावेशी समूहमा आवेदन दिएकाले थप १ सय रुपैयाँ नमस्ते पे, कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्ने टेलिकमले जनाएको छ ।

प्राविधिक सेवा तर्फको तह ३ र ४ मा आवेदन दिनेले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षा दिनुपर्ने टेलिकमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ नेपाल टेलिकमले जारी गरेको खुला तथा समावेशी, आन्तरिक प्रतियोगितामक परिक्षाबाट कर्मचारी पदपूर्ति गर्ने लागेको सूचना


प्रतिक्रिया दिनुहोस्