सिभिल बैंकको लाभांश इतिहास: ९ वर्षमा शेयरधनीलाई ५९.४७ प्रतिशत लाभांश दियो, बोनस शेयर कति ? « Arthapath.com
६ पुष २०७८, मंगलवार

सिभिल बैंकको लाभांश इतिहास: ९ वर्षमा शेयरधनीलाई ५९.४७ प्रतिशत लाभांश दियो, बोनस शेयर कति ?



काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

यो सहित सिभिल बैंकले ९ बर्षमा शेयरधनीहरुलाई ५९.४७ प्रतिशत लाभांश दिएको छ । बैंकले आर्थिक बर्ष २०६९–७० देखि आर्थिक बर्ष २०७७–७८ सम्ममा ३९.८८ प्रतिशत बोनस शेयर र १९.५९ प्रतिशत नगद लाभांश गरी कूल ५९.४७ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले ९ बर्षको अवधिमा ३ पटकमा बोनस शेयर नदिएर नगद लाभांश मात्रै दिएको छ ।

सिभिल बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य प्रतिकित्ता २३५ रूपैयाँ रहेको छ । बैंकको सबैभन्दा धेरै आर्थिक वर्ष २०७३–७४ मा १०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष २०७२–७३ मा ३.०३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकको ९ बर्षको लाभांश इतिहास

१. आर्थिक बर्ष २०७७–७८ मा बैंकले ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

२. आर्थिक वर्ष २०७६–७७ मा बैंकले ८ प्रतिशत बोनस शेयर र .४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७५–७६ मा बैंकले बोनस शेयर दिएको थिएन भने ६.५७ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७४–७५ मा बैंकले बोनस शेयर दिएको थिएन भने नगद लाभांश ४.०५ प्रतिशत वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७३–७४ मा बैंकले १०.२५ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद गरी कूल १०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२–७३ मा बैंकले २.८८ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद गरी कूल ३.०३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७१–७२ मा बैंकले ६.७५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद गरी कूल ७.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७०–७१ मा बैंकले ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०६९–७० मा बैंकले बोनस शेयर दिएको थिएन भने ५.७५ नगद लाभांश वितरण गरेको थियो ।

Fiscal YearBonus DividendCash DividendTotal Dividend
2077/785.000.265.26
2076/778.000.428.42
2075/760.006.576.57
2074/750.004.054.05
2073/7410.250.5410.79
2072/732.880.153.03
2071/726.750.357.1
2070/717.001.58.5
2069/700.005.755.75


प्रतिक्रिया दिनुहोस्