एमालेलाई दिएको भोट खेर जादैनः डोरमणि पौडेल « Arthapath.com
११ बैशाख २०७९, आईतवार

एमालेलाई दिएको भोट खेर जादैनः डोरमणि पौडेल



काठमाडौं । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले एमालेलाई दिएको भोट खेर नजाने बताएका छन् । समृद्धि र परिवर्तनका लागि एमालेको बिकल्प नभएको पनि उनको भनाई रहेको थियो ।

शनिबार हेटौंडा–१२ मा नेकपा एमालेको प्रचार प्रसार कमिटी गठन कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य समेत रहनुभएका पौडेलले नेपालभरी लाखौं मान्छेको एमालेप्रतिको क्रेज बढेको बताए । उनल भने “अरु पार्टीले केही गर्दैन एमाले नै बिकासको मुल फुटाउने पार्टी हो ।”

एमाले एक्लै अरु सबै शक्ति एकातिर हुँदा पनि गठबन्धनका दलहरु एमालेसँग डराइरहेको उनको भनाई थियो । नेकपा एमालेले केही गरेन हैन के गरेन भनेर गठबन्धनलाई सोध्न उहाँले चुनौती दिनुभएको छ । उनले शिक्षा, स्वास्थ लगायत भौतिक बिकासमा एमाले भन्दा अगाडी कोहि आउन नसक्ने दाबी गरे । समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन एमाले लागेको र लागिरहने बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठले सहि ब्यक्तिले चुनाब जित्यो भने विकास राम्रो हुने बताए । नेकपा एमालेले हरेक स्थानमा सहि उम्मेदवार छानेको समेत बताए । अहिलेको गठबन्धन भनेको काम गर्न हैन एमाले हराउने मात्र ध्याउन्नमा लागेको उनको भनाइ रहेको थियो ।। जनताको मनमा बसेको पार्टी एमाले भएकोले एमालेका उम्मेदवार जित्न जरुरी रहेको पनि उनले दाबी गरे ।

हेटौंडा–१२ मा वडाध्यक्ष पदका उम्मेदवार राजेश नगरकोटीले नेकपा एमालेले मात्र समृद्धिको काम गर्न सक्ने बताए । हेटौंडा १२ लाई समृद्ध वडा बनाउने आफ्नो प्रमुख काम रहेको नगरकोटीको भनाई छ । नेकपा एमाले हेटौंडा १२ नम्बर वडा कमिटीका अध्यक्ष बखान सिंह घलानको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत घोषणा गरिएको छ ।

वडा कमिटी अध्यक्ष घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरू सुमित्रा काफ्ले, आरती पाठक, वडा सदस्य पदका उम्मेदवारहरु रुक्मिणी स्याङ्वो, ज्ञानबहादुर श्रेष्ठ, महेश भट्टराई, गिता परियार लगायतकाको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्