लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती उम्मेदवार « Arthapath.com
११ बैशाख २०७९, आईतवार

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती उम्मेदवार



काठमाडौं । विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ । लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन ।

२०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एसएलसी उत्तीर्ण गरेका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन् । उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गरेका छन् ।

नेपाल फर्कौँ महाअभियानका एक अभियन्ता र NIRI Nepal का संस्थापक समेत रहनुभएका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको जिम्मेवारीमा समेत रहनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्