सर्लाहीको मलङ्गवामा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न « Arthapath.com
११ बैशाख २०७९, आईतवार

सर्लाहीको मलङ्गवामा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न



काठमाडौं । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम“ सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म निरपेक्षता लाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग राखेका थिए ।

जनगणना मार्फत हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५० प्रतिशत भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्र को मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्र को संरक्षण गर्न आह्वान समेत गरेका थिए । अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले हिन्दू राष्ट्र को माग राजनीतिक नभई सास्कृतिक रहेको बताए । नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउन कालागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उन्ले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गरेका थिए ।

कार्यक्रम संयोजक तथा पूर्व मन्त्री रामचन्द्र रायले हिन्दू राष्ट्र को पहिचान बेच्ने हरूलाई गद्दारको संज्ञा दिदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गरेका थिए । धर्मान्तरण नै राष्ट्रान्तरण हुने तर्फ सचेत हुन आग्रह गर्दै उन्ले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए । राष्ट्रिय मधेसी आयोगकी सदस्य आभा सेतु सिंहले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना लिएकी थिइन ।


प्रतिक्रिया दिनुहोस्