क्यास आइडि ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका डिशहोमका ग्राहकले जिते १ लाख « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

क्यास आइडि ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका डिशहोमका ग्राहकले जिते १ लाख



काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आइडि ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएका छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्