एमालेले खोल्यो स्थानिय तहमा खाता, वडा अध्यक्ष निर्बिरोध « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

एमालेले खोल्यो स्थानिय तहमा खाता, वडा अध्यक्ष निर्बिरोध



काठमाडौंं । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोल्न सफल भएको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडा अध्यक्ष निर्बिरोध निर्वाचित भएका हुन ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे निर्बिरोध भएका हुन । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध हुनुभएको छ । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।

देशभरी उम्मेदवारी मनोनयन र टिकटको लागि सकस भइरहेको बेला ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता शेर्पालाई वडाअध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन ।


प्रतिक्रिया दिनुहोस्