१५.६५ प्रतिशत लाभांश पारित गर्दै गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

१५.६५ प्रतिशत लाभांश पारित गर्दै गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा मिति २०७९ साल वैशाख महिना ९ गते शुक्रबार दिउसो २ बजे पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरिएको थियो ।

उक्त सभाले आ.व. २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथ्र लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७÷७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत समेत गरेको छ । साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८÷७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक दिपक पाण्डेय, रमा कान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठको निर्वाचन गरेको छ । साथै, साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दिपक पाण्डेय अध्यक्ष पदमा मनोनयन गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी ११ करोड ८१ लाखको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५ रुपैयाँ नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न प्रस्ताव समेत पारित गरेको हो ।

यस कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप÷संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने तथा प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सभाको कार्य सूचि समेत पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्