आइसीएफसी फाइनान्सको नाफा १२.३८ करोड रुपैयाँ, ईपीएस कति ? « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

आइसीएफसी फाइनान्सको नाफा १२.३८ करोड रुपैयाँ, ईपीएस कति ?



काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३०.३२ प्रतिशत घटेर १२ करोड ३९ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ३७.९८ प्रतिशत बढेर ३१ करोड ६५ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २२ करोड ९३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा फाइनान्सको सञ्चालन नाफा ३२ प्रतिशत घटेर १७ करोड ४२ लाख ९० हजार रुपैयाँ र वितरणयोग्य नाफा ४ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १०.०४ प्रतिशत बढेर १ अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ४६.२४ प्रतिशत बढेर ५० करोड २५ लाख ४४ हजार रुपैयाँ, निक्षेप १४.६९ प्रतिशत बढेर १६ अर्ब ४३ करोड ७६ लाख ३१ हजार रुपैयाँ र कर्जा ३५.१५ प्रतिशत बढेर १३ अर्ब ८२ करोड २६ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा घटेर १४ रुपैयाँ ६७ पैसामा सिमित भएको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १४८.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.९३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्