आयोगले मतदान केन्द्र तोकेका विद्यालयमा ३ दिन बिदा दिन सरकारलाई अनुरोध « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

आयोगले मतदान केन्द्र तोकेका विद्यालयमा ३ दिन बिदा दिन सरकारलाई अनुरोध



काटमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन विदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गरेको छ । बिहिबार नियमित पत्रकार सम्मलेन गर्दै आयोगले निर्वाचन सम्बन्धी कार्य गर्नु पर्ने भएकाले मतदान केन्द्र तोकेका विद्यालयमा तीन दिन बिदा दिई बैकल्पिक पद्धतिबाट पठन पाठन गर्ने सरकारलाई आग्रह गरेको हो ।

निर्वातन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले वैशाख १२ गते सोमबार पछि गरेको मुख्य गतिविधि समेत खुलाएको छ । मिति २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०७९ वैशाख २८ गतेदेखि २०७९ वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने समेत आयोगले भनेको छ ।

स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध आयोगले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्