बैशाख ३० देखि चार दिन लगातार सार्वजनिक विदा « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

बैशाख ३० देखि चार दिन लगातार सार्वजनिक विदा



काटमाठौं । बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । निर्वाचन आयोगले सरकारलाई बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि सार्वजनिक विदा दिन अनुरोध गरेको हो ।

निर्वाचनको दिन मतदात गर्नु पर्ने भएकाले सो दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगले अनुरोध गरेको हो । त्यस्तै निर्वाचनको भोलिपल्ट बैशाख ३१ गते शनिबार, जेठ १ गते आइतबारको पनि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोा छ भने जेठ २ गते सोमबार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

साथै, वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई मतदान केन्द्र तोकिएका विद्यालय मतदान कार्यका लागि प्रयोग गर्नु पर्ने भएकाले २८ र २९ गते पनि विद्यालयमा सार्वजनिक विदा दिई बैकल्पिक बाटो मार्फत पठनपाठन गर्न अनुरोध गरेको हो ।


प्रतिक्रिया दिनुहोस्