सुन तोलामा १ हजार २ सय रुपैयाँले बृृद्धि « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

सुन तोलामा १ हजार २ सय रुपैयाँले बृृद्धि



काठमाडौं । शुक्रबार सुन मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्