सबै मतगणना स्थलमा सीसी क्यामरा राख्न आयोगको निर्देशन « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

सबै मतगणना स्थलमा सीसी क्यामरा राख्न आयोगको निर्देशन



काठमाडौं । देशभरका ७५३ वटै स्थानिय तहका मतगणना स्थलमा सीसी अनिवार्य रुपमा राख्न निर्वाचन आयोगले निर्देशन दिएको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि आयोगले मतगणना स्थलमा सीसी राख्न निर्देशन दिएको हो ।

निर्वाचन केन्द्रमा कुनै पनि विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोग हुने भएकाले सीसी क्यामरा राख्न आयोगले निर्देशन दिएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।

निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्