महावलेश्वर डेरीको रेभा एमडि आई मिल्क ड्रिक्स बजारमा « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

महावलेश्वर डेरीको रेभा एमडि आई मिल्क ड्रिक्स बजारमा



काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले यस उद्योगले रेभा, एम.डि.आई ब्राण्डको मिल्क ड्रिक्स बजारमा ल्याएको छ । नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यवसायिक प्रतिष्ठानका रुपमा स्थापना गरिएको यस उद्योगले आफ्ना उत्पादनहरु नेपालभरी अधिकुत बिक्रेतामार्फत बिक्री वितरण शुरु गरेको हो ।

यसैक्रममा उद्योगले शुक्रवारबाट काठमाण्डौंमा पनि आफ्नो उत्पादनको बिक्रि वितरण शुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका वार्ड नं. १४मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रा.लि. २०७८ साल चैत देखि सञ्चालनमा आएको हो । उद्योगले स्वदेशमा नै गुणस्तरीय सामानहरु उत्पादन गरी सर्वसुलभ दरमा आफ्ना उपभोक्ताहरुको माझमा पुयाउने लक्ष्य लिएको शुक्रवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन,डिलर भेटघाट तगा प्रडक्ट लञ्च कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले जानकारी दिए ।

उद्योगले नेपालमा उत्पादनन हुने टिनको क्यानबाहेक अन्य सामाग्रीहरु स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको संचालक भण्डारीले बताए । यसबाट विदेशी उत्पादन आयात कम भई देशको व्यापार घाटालाई कम गर्न सहयोग गर्ने समेत बताए । तर क्यानमा लाग्दै आएको भ्याट बढि भएकोले सरकारले यसमा शतप्रतिशत छुट तथा भन्सार महशुल करलाई १ प्रतिशत घटाएर बनाएमा विदेशी उत्पादनसगँ प्रतिस्पर्धा गर्नका लागि सहज हुने धारणा उनको थियो ।

यसैबीच कार्यक्रममा नेपाल डेरी एशोसिएसन अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अबौं रुपैयाको दुग्धजन्य पदार्थ आयात गरेको उल्लेख गर्दै त्यस्ता चिजहरुको आयात प्रतिस्थापन गर्न पनि यस्ता उद्योगको प्रर्वधन आवश्यक रहेको बताए । वाग्मती प्रदेशका सुपर डिलर केशव मैनालीले विदेशी उत्पादन भन्दा महाबलेश्वरको स्वदेशी उत्पादन उत्कृष्ट रहेको बताए । कम्पनीका नेशलन सेल्स म्यानेजर ऋषि अधिकारीले कम्पनीले गुणस्तरलाई ध्यान दिँदै प्रडक्ट उत्पादन गरेको र यो उत्पादनले छोटो समयमा नै उपभोक्ताको मन जितेको बताए।

उद्योगले २०७५ सालमा माघ १० गते स्ट्रलाइज बदाम मिल्क बनाउने उदेश्यले २० करोडको लागानीमा बुटबल १४ रुपन्देहीमा महावलेश्वर डेरी एण्ड वेभरेज ईप्रालि स्थापना गरेको हो । २०७८ माघ देखि आफ्नो उत्पादन सुरु गरेको यस उद्योगले दैनिक २ हजार लि. दुग्ध प्रशोधन गर्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ । हाल यस उद्योगमा ३० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिदै आएको छ । हाल यस उद्योगबाट उत्पादित रेवा र एमडीआई ब्राण्डका बदाम मिल्क नेपालभर मुख्य शहरहरु पूर्व मेची देखी पश्चिम महाकालीलगायत पोखरा काठमाण्डौंसम्म विभिन्न डिलरहरुर्माफत बिक्रि वितरण हुदै आएको छ । रेवा र एमडीआई ब्राण्डका बदाम मिल्कको उत्पादन प्रकृया सर्वप्रथम विभिन्न सहकारी मार्फत गुणस्तर चेकगरी कम्प्युटर माध्यमबाट दुध संकलन गरि संकलित दुधलाई तुरुन्तै ४ डिग्री सेल्सीयस तापक्रममा राखिन्छ र टेंकर मार्फत डेरी उद्योगमा डेलिभरी गरीन्छ । उद्योगमा आइसके पछि गुणस्तर चेकजाँच गरीन्छ र चेकजाँच गरी दुध रिसिभ गरिन्छ । गुणस्तरको मापदण्ड एसिडिटी,एसएनएफ,अल्कोहल टेस्ट गरिन्छ ।

यस उद्योगसंग जोडिएका करीब ५ सय किसान परीवारहरुलाई प्रत्येक १५÷१५ दिनमा आफ्नो दुधको भुक्तानी दिने व्यवस्था मिलाइएको छ । उनीहरु सहकारी बचत कार्यक्रममापनि सहभागी छन् । उनिहरुलाई दुग्धव्यवसाय राम्रो जिवनगुजाराको माध्यम बनेको छ । हाम्रो २ वटा उद्योगले मात्र किसानलाई मासिक करिब १ करोड भूक्तानी गर्दछ । गुणस्तर निणन्त्रणका लागि यस उद्योगले आफ्नै माइक्रो ल्याब स्थापना गरको छ । जसमा कच्चा पदार्थको परीक्षण साथै उत्पादित बदाम मिल्क को गुणस्तर जाँच गरी बिक्रिका लागी बजारमा पठाइन्छ । बदाम यस उद्योगले प्रयोग गर्ने बदामसिधैं म्यालिफर्निया देशबाट आयात गरीन्छ र प्रत्यकक्यानमा २ देखि ५ ग्राम राखिन्छ । मेसिनरी यस उद्योगले विश्व प्रख्यात जर्मन प्रविधिबाट बनेको स्वचालीतदुग्धप्रशोधन, फिलिङ, स्टेरलाइजेसन मेसिनहरु प्रयोग गर्दै आएको छ ।

यस्तै यसको मातृ उद्योग पवित्र डेरीले दुग्धजन्य उत्पादनहरु प्याकेट दुध, दही, घिउ, पनिर, मक्खन साथै आईसक्रिम उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आईरहेको छ । उद्योगले सिसाको बोटलमा स्ट्रलाइज फ्ल्वर मिल्कको समेत उत्पादन गरी बिक्री वितरण गरेको थियो । पवित्र डेरी उद्योग २०५२ कार्तिक ११ गते बुटवल उमनपा.–६ मा पवित्रा डेरी संचालनमा आएको थियो । हाल यस उद्योगमा सम्पूर्ण दुग्धपदार्थ उत्पादन हँदै आएको छ । यसको मुख्य उत्पादन पवित्राज ब्राण्डको आइसक्रिम हो । १५जिल्लामा बजार बिस्तार गरी सकेको यसको अर्को मुख्य उत्पादनप वित्राज शुद्ध डेरी घ्यू हो ।

हाल यस कम्पनीको लगानी ५करोड पुगी सकेको छ र कुल टर्नओभर ८ करोड रहेको छ । दैनिक २ हजार लिटर दुधप्रशोधन गरी विभिन्न दुग्ध पदार्थहरु बनाउदै आएको छ । हाल यस उद्योगमालगभग २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । यस उद्योगको सुद्धोधनगा.पा.माआफ्नै दुग्ध संकलन केन्द्र रहेको छ । सहकारी प्रणालीबाट २५० कृषक परीवार जोडिएका छन्र दैनिक १५०० लि. दुध संकलनभई रहेको छ । २०५८ सालमा नेपालको पहिलो स्टेरलाइज फेलेभर मिल्कपञ्चामृत ब्रान्डको ग्लास बोटमा बनाएको थियो । पवित्रा डेरी उद्योग संगै यसै उद्योगको लगानीमा २०६२ सालमा बुटवल उ.म.न.पा.–१४, बेलभरीयामा १०० वटा होलस्टेन गाई पाल्ने उद्धेश्यले २ विगाहा जग्गाखरिद गरी करीब २ करोडको लागतमा डेरी फार्म स्थापना गरिएको थियो । जुन स्थानमा अहिले महावलेश्वर डेरी एण्ड वेभरेज ई.प्रा.लि. स्थापना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्