धिरज प्रताप सिहं बने नेपाल प्रहरीको प्रमुख « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

धिरज प्रताप सिहं बने नेपाल प्रहरीको प्रमुख



काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरित्त महानिरीक्षक धिरज प्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिहंलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

सिहं कानूनमा स्नातक र मानविकीमा स्नाकोत्तर तहको अध्ययन गरेका छन् । हाल आईजीपी शैलेश थापासहितको टोलिसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए तर बैकल्पिक सूचीमा परेका थिए । ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन् ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्