चुनावको सन्देशमुलक भिडियो प्रचारप्रसार गर्नेलाई आयोगले नगद पुरस्कार दिने « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

चुनावको सन्देशमुलक भिडियो प्रचारप्रसार गर्नेलाई आयोगले नगद पुरस्कार दिने



काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागि निर्वाचन आयोगले तयार गरेका चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचार प्रसार गर्ने लाई पुरस्कार दिने भएको छ । टिकटकमा २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउने व्यक्ति वा संघ÷संस्थालाई आयोगले नगद पुरस्कार दिने भएको हो ।

आयोगले आइतवार एक सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार, ३० लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार नगद पुरस्कार दिने बताएको हो । त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् ।

आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, शेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्