अगम बिकरालको ‘एकान्तमा’ गित सार्वजनिक (भिडियो) « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

अगम बिकरालको ‘एकान्तमा’ गित सार्वजनिक (भिडियो)



काठमाडौं । गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् ।

मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् । आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ ।

गीतकार बिकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका उनले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत लोकप्रिय छ ।

भिडियो:


प्रतिक्रिया दिनुहोस्