निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले सो बारे स्पष्टीकरण आयोगले मागेको हो ।

बैशाख १५ गते धुम्बाराइस्थित नेशनल कलेजले आयोजना गरको एक कार्यक्रममा स्थापितलाई एक जना प्रश्रकर्ताले मिटु को प्रश्न गरेपछि स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए ।

आयोगले यही विषयमा स्थापितलाई स्पष्टीकरण सोधेको हो । पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण आयोग समक्ष बुझाउनुपर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्