ईदको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

ईदको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले भोलि बैशाख २० गते ईदका लागि सार्वजनिक बिदा दिन निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै भोलि (बैशाख २० गते) बिदा दिन निर्णय गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने ब्यवस्था भए बमोजिम उक्त बिदा दिने ब्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्