आईजीपी नियुक्त विरुद्ध बैशाख २१ गते सुनुवाइ हुने « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

आईजीपी नियुक्त विरुद्ध बैशाख २१ गते सुनुवाइ हुने



काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा प्रहरी अतिरिक्त महानिरीक्षक (आईजीपी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले विधि र प्रक्रिया मिचेर धिरज प्रताप सिंहलाई आईजीपी पदमा नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् । पोखरेलले दायर गरेको रिटमाथि चैत २१ गते बुधबार सुनुवाइ हुने जनाइएको छ ।

रिटमा पोखरेलले आफू ज्येष्ठता÷वरिष्ठता, अध्ययन, तालिम, पुरस्कार, विभूषण, चुनौतीपूर्ण र विशेष जिम्मेवारी निर्वाह र कार्य सम्पादन मूल्याङ्कन समेतका दृष्टिले म निवेदकलाई नेपाल सरकार मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्न नहुने कुनै वस्तुपरक कारण नभएको भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्