भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने भएका छन् । मोदी बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने लागेका हुन ।

यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी नदिएको भए पनि भारतीय पत्रिका द हिन्दुले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरे अनुसार मोदी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारी रहेको जनाएको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तयारी गरिको र बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी भ्रमण गर्ने ठानिएको छ । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्