निर्वाचनलाई लक्षित गर्दै बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

निर्वाचनलाई लक्षित गर्दै बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार एक विज्ञप्ति जारी गर्दै २ दिन नेपाल बन्द गर्ने घोषण गरेको हो ।

चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ । तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो ।

निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।


प्रतिक्रिया दिनुहोस्