मावि तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

मावि तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

उक्त पदका लागि १ हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् ।

परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
उक्त परीक्षा नजिता https://tsc.gov.np/news?id=176 यहाँ क्लिक गरि हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्