महिला उद्यमीहरुका लागि बृहत स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

महिला उद्यमीहरुका लागि बृहत स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न



काठमाडौ । नेपाल हस्तकला महासंघ, मानुषी संस्था र सोवाको आयोजनामा महिला उद्यमी, व्यवसायी र कलाकारहरुका लागि एक दिने बृहत महिला स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय श्रम दिवशका अवसरमा आयोजना भएको स्वास्थ्य परिक्षण कार्यक्रममा करिव एक सय महिला उद्यमीहरुले निशुल्क स्वास्थ्य जाँच गराएको थियो ।

सोवाले निशुल्क स्वास्थय परिक्षण पछिको ल्याव, अल्ट्रासाउण्ड जस्ता परिक्षणमा करिव ५० प्रतिशत सहुलियत प्रदान गरिएको थियो । कार्यक्रममा डा. टिका गुरुङ र डा. सानिमा डंगोलले महिलाहरुको स्वास्थ्य जाँच र परामर्श प्रदान गरेको हो । स्वास्थ्य जाँच कार्यक्रममा आरम्भ गर्दै मानुषीकी अध्यक्ष पद्मासना शाक्यले स्वस्थ उद्यमी महिलाले मात्र परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बताए । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको हस्तकला क्षेत्रमा महिलाको सहभागिता उच्च रहेकोले महिला स्वस्थ्यलाई पनि प्राथमिकता दिदै समाजप्रति उत्तरदायि बन्नु परेको धारण राखेका थिए ।

सोवाका सिईओ विपिन्द्र प्रधानले यो स्वास्थ्य केन्द्रले गुणस्तरीय सेवा सहुलियत मूल्यमा दिदै आएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्