महासचिवबाट विप्लवलाई निष्कासन गर्ने विद्रोही नेताको निर्णय « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

महासचिवबाट विप्लवलाई निष्कासन गर्ने विद्रोही नेताको निर्णय



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनमा जारी उक्त समूहको भेलाले महासचिव चन्द र प्रवक्ता विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्कप्रसाद विश्वकर्मालाई पदबाट हटाएको छ । भेलाले पार्टीको नेतृत्वमा बास्तोलालाई संयोजक तोकेको छ ।

स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीभित्र किचलो सिर्जना गरेपछि महासचिव ‘विप्लव’ले केही दिनअघि ओली र बास्तोलालाई कारवाही गरेका थिए। त्यसको केही दिनपछि आफू पक्षिय नेताहरुको भेला गरेर ओली र बास्तोलाले महासचिव र प्रवक्तालाई नै कारवाही गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्