नुवाकाेट तारकेश्वरमा एमाले जिताउन काठमाडाैंमा भेला « Arthapath.com
२४ बैशाख २०७९, शनिबार

नुवाकाेट तारकेश्वरमा एमाले जिताउन काठमाडाैंमा भेला



काठमाडाैं । नुवाकाेटकाे तारकेश्वर गाउँपालिकामा एमालेबाट उम्मेदवार बनेका सबै जनप्रतिनिधि जिताउन राजधानी काठमाडाैंमा बस्नेहरूले भेला गरेका छन् ।

शनिबार काठमाडाैंकाे गाेंगबुमा भएकाे भेलाले गठबन्धनलाई परास्त गर्दै एमाले जिताउन युवाहरू एकजुट हुने भएका छन् । नुवाकाेट तारकेश्वर काठमाडाैं सम्पर्क मञ्चले आयाेजना गरेकाे उम्मेदवार प्रतिबद्धता कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नारायणप्रसाद खतिवडाले सम्पुर्ण युवा गाउँमा गएर निर्वाचनमा खट्न आग्रह गरे ।

सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र अधिकारीकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रेस चाैतारी नेपालका केन्द्रीय सचिव विष्णु तारूकेले पाँचदलिय गठबन्धन नाममात्रैकाे रहेकाे भन्दै एमालेकाे विजय यात्रालाई कसैले राेक्न नसक्ने बताए । उनले राजधानीमा रहेका सचेत युवाले मत प्रभावित पार्ने भएकाले गाउँमा गएर एमालेकाे पक्षमा माहाेल बनाउन आग्रह गरे ।

नेकपा एमाले तारकेश्वर इन्चार्ज सम्मरबहादुर आलेमगरले याे निर्वाचन एमालेले विरासत जाेगाउनु पर्ने भन्दै निर्वाचनमा हाेमिन सबैलाई आग्रह गरे ।

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रमेश वस्तीले एमालेले जितेमात्र तारकेश्वरवासीकाे भविष्य उज्ज्वल हुने भन्दै पार्टी जिताउन सबैलाई एकजुट हुन आग्रह गरे । उम्मेदवार वस्तीले सबै युवाकाे भावनाकाे कदर गरेर अगाडी बढ्ने बताए ।

कार्यक्रममा उपाध्यक्षका उम्मेदवार काेपिला भट्ट, वडाध्यक्षका उम्मेदवारहरू हितबहादुर तामाङ, शिव पनेरू, सुब्बा श्रेष्ठ, हरी पाैडेल र नारायण रिमालले आफ्नाे प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्