स्याङ्जामा जिप दुर्घटना परि १३ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।
दुर्घटनामा १२ जना घाइते भएको जनाइएको छ । घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
पछिल्लो अपडेट अनुसार उक्त जिप दुर्घटना हुँदा एकै वडाका १४ जनाको मृत्यु भएको छ । अहिले पुरै वडा नै शोकमा डुबेको छ ।