पालिका निर्वाचन: कयौ ठाउँमा झडप र विवाद, थप सुरक्षाकर्मी पठाइदैं « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

पालिका निर्वाचन: कयौ ठाउँमा झडप र विवाद, थप सुरक्षाकर्मी पठाइदैं



काठमाडौं । देशभर एकैसाथ आज स्थानिय तहको निर्वाचन हुदै छ । देशभर शन्तिपूर्ण बातावरणमा चुनाव भइरहेको भए पनि कति स्थानमा भने झडप पनि भइरेहको हो ।

कतै मत पेटीका फोल्ने देखि कुटपिटको बातावरण समेत सिर्जना भइरहेको छ । प्रहरी प्रसाशनले हवाई फायर समेत गर्नु परेको छ । निर्वाचन शन्तिपूवर्क सम्पन्न गर्ने विवाद भएको र झडप भइरहेको ठाउँहरुमा थप सुरक्षाकर्मी पठाइरहेको छ ।

विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए । गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।

पालिका चुनावलाई व्यवस्थित र शान्तिपूर्ण बनाउने प्रयास भइरहे पनि केही ठाउँमा भइरहेका झडप र विवादले वातावरण बिथोलेको छ । चुनावको सुरक्षाका लागि सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी गरी साढे दुई लाखभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् ।


प्रतिक्रिया दिनुहोस्