दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान



काठमाडौं। स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

छिटपुट घटना बाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्