कतै भोकै कतै बिस्कुटको खाएरै निर्वाचनको सुरक्षा गर्दै सुरक्षाकर्मी

काठमाडौं । मुगु जिल्लामा सुरक्षाकर्मी भोकै निर्वाचनमा खटिनु परेको छ । आज देशभर भइरहेको स्थानिय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले भोकभोकै निर्वाचनमा खटिनु पर्ने बाध्यता आएको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । बिहानदेखि खाना नखाएको र कतै बिस्कुटको भरमा सुरक्षा गरि रहनु परेको सुरक्षाकर्मीहरुको गुनासो रहेको छ ।
देशका कयौ ठाउँहरुमा झडप हावइ फायर अवस्था सिर्जना भइरहेको छ । यस पटकको चुनावमा एक लाख जना म्यादी प्रहरीसहित दुई लाख ६० हजार सुरक्षा जनशक्तिले सुरक्षा दिँदैछन् । यसमध्ये ६५ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ७१ हजार जना सेना खटिएका छन् ।