काभ्रेको पाँचखालमा मतदानस्थल तोडफोड, मतदान स्थगित « Arthapath.com
२१ असार २०८२, शनिबार

काभ्रेको पाँचखालमा मतदानस्थल तोडफोड, मतदान स्थगित



काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।

आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् मत पेटीका भने प्रहरीले सुरक्षित राखेको जनाएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेको हुन ।


प्रतिक्रिया दिनुहोस्