४ बजेसम्म ५५ प्रतिशत मतदान « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

४ बजेसम्म ५५ प्रतिशत मतदान



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत देशभर ५५ प्रतिशतको मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिए ।

उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्